तरिका मिल्यो भने पाँचै वर्ष प्रधानमन्त्री बन्छु : प्रधानमन्त्री प्रचण्ड

शनिबार, असार ८, २०८१

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तरिका मिल्यो भने पाँचै वर्ष आफू प्रधानमन्त्री बन्ने बताउनुभएको छ । काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको पनि बताउनुभयो ।

बंगलाचुली गाउँपालिका

उहाँले सरकार ढल्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । सरकारमा रहँदासम्म भ्रष्टाचार, सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्