टी–२० विश्वकप क्रिकेटमा अमेरिका वेष्ट इण्डिजसँग ९ विकेटले पराजित

शनिबार, असार ८, २०८१

दाङ - आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको १ २९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले १०।५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । उसका लागि साइ होपले ३९ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा सर्वाधिक ८२ रनको योगदान गरे ।

बंगलाचुली गाउँपालिका


अमेरिकाका लागि हरमीत सिंहले एक विकेट लिए । यसअघि ब्राइडटाउनमा टस हारेर पहिले ब्याटिङमा आएको अमेरिकाले १९।५ ओभरमा अलआउट हुँदै १ सय २८ रन जोडेको थियो । अमेरिकाका आन्द्रेस गौसले सर्वाधिक २९ रन बनाउँदा नितिश कुमारले २० रन जोडे ।

वेष्ट इण्डिजका आन्द्रे रसेल र रोस्टन चेसले ३–३ विकेट लिए भने अल्जारी जोसेफले २ र गुणाकेस मोतीले १ विकेट लिए । यो जितसँगै समूह २ मा रहेको वेष्ट इन्डिजले २ खेलबाट २ अंक जोडेको छ । अमेरिका भने अंकविहीन छ ।
 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्