संरक्षण र प्रचार प्रशारको अभावमा ओझेल पर्यो डोँटे गुफा

बिहीबार, असार ६, २०८१

दाङ - दाङको  लुम्बिनी प्रदेशको बंगलाचुली गाउँपालिकामा रहेको डोँटेमा रहेको डोँटे गुफा संरक्षण र प्रचार प्रशारको अभावमा ओझेलमा परेको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ डोँटेमा रहेको रहेको डोँटे गुफाले धेरैको मन लोभ्याउन सक्छ । तर, भौगोलिक विकटता र प्रचार–प्रसारको अभावमा यो धार्मिक र ऐतिहासिक गुफा ओझेलमा परेको छ । बंगलाचुली गाउँपालिका धार्मिक र पर्यटकीय हिसाबले पनि अति महत्वपूर्ण रहँदा रहँदै पनि डोँटे गुफाको संरक्षण तथा प्रचार प्रसारमा कसैको ध्यान पुग्न सकेको छैन ।


बंगलाचुली गाउँपालिका भौगोलिक रूपमा विकट छ । तर, प्राकृतिक सुन्दरता र रोमाञ्चक यात्रा गर्न मन पराउँनेहरूका लागि यो पालिका निकै आकर्षक छ ।  जिल्ला सदरमुकाम घोराही देखि झण्डै २४ किलोमिटर अर्थात बंगलाचुली गाउँपालिका वडा नम्बर ४ स्थित डोँटे टोलको उत्तरपूर्वतर्फ यो डोटे गुफा रहेको छ ।

यस गुफा भित्र आकर्षक कृतिम आकृतीहरु देख्न पाईन्छ । साथै गुफाभित्र सहासिक यात्रा गर्न मनपराउने पर्यटकहरुलाई मनलोभ्याउन सक्ने सम्भावना रहेको छ ।  साभार : चौथौ अंग डट कम

 

 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०६:०७
प्रतिक्रिया दिनुहोस्