प्रतिनिधिसभाको बैठक आज बस्दै,बजेटमा उठेका प्रश्नको मन्त्रीले जवाफ दिने

बुधबार, असार ५, २०८१

दाङ - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरका बस्नेछ ।

बंगलाचुली गाउँपालिका

आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुनेछ ।

छलफलका क्रममा सांसद पुष्पबहादुर शाह, प्रेम सुवाल, डा। अमरेश कुमार सिंह र ध्रुवबहादुर प्रधानले युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । योसँगै बजेटका मन्त्रालयगत शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिनेछ ।

यस्तै, आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

आज स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सहरी विकास, रक्षा, खानेपानी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेट शीर्षकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने छन् ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्