सर्लाहीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा घरमा क्षति

शुक्रबार, माघ १२, २०८०

सर्लाही : सर्लाहीको बलरा नगरपालिका –४, बलरागोठमा शुक्रबार ग्याँस सिलिण्डर विष्फोट हुँदा एउटा घरमा क्षति पुगेको छ । खाना पकाइरहेका बेला स्थानीय अख्तर हुसेनको घरमा ग्याँस सिलिण्डर बिष्फोट भएर क्षति पुगेको हो । ग्याँस सिलिण्डर बिष्फोट हुँदा घरको छानो नै उडेको छ । 

बंगलाचुली गाउँपालिका

प्रत्यक्षदर्शीले घरमा पुगेको क्षतिको अवस्था हेर्दा ठूलो दुर्घटना टरेको बताएका छन् । घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । ग्याँस सिलिण्डर बिष्फोटबाट घरसहित घरभित्रका सरसामग्रीमा क्षति पुग्दा करिव १२ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्