टी-२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि बंगलादेश २५ रनले विजयी

शुक्रबार, जेठ ३२, २०८१

दाङ  : आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि बंगलादेश २५ रनले विजयी भएको छ। यो जितसँगै बंगलादेशले विश्वकपको सुपर ८ पुग्ने सम्भावना बलियो बनाएको छ।

बंगलाचुली गाउँपालिका

समूह ‘डी’को बंगलादेशको यो दोस्रो जित हो। उसले यो जितसँगै चार अङ्क बनाएको छ। नेदरल्यान्ड्सले भने मात्र दुई अङ्क बनाएको छ। यो समूहको शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका ६ अंकसहित सुपर ८ प्रवेश गरिसकेको छ। यो समूहमा रहेको नेपाल र श्रीलंकाले भने समान एकएक अंक जोडेका छन्।

बिहीबार राति बंगलादेशले दिएको १६० रनको चुनौती पछ्याएको नेदरल्यान्ड्स २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३४ रनमा समेटिएको हो।

सुरुमा ब्याटिङ गरेको बंगलादेशका लागि शकिब अल हसनले अर्धशतक प्रहार गरे। ४६ बलको सामना गरेका हसनले ९ चौकासहित नटआउट ६४ रन बनाए।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्