शेयर बजार ६ दशमलव ३७ अङ्कले बढ्यो

बुधबार, जेठ ३०, २०८१

दाङ - हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ३७ अङ्कले बढेर २ हजार १ सय २१ दशमलव ६२ विन्दुमा पुगेको छ ।

बंगलाचुली गाउँपालिका

आज होटल, हाइड्रोपावर, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज समृद्धि फाइनान्स, मिड सोलु हाइड्रोपावर, साधाना लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सत्रपत्री हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ ।

आज ३ सय १२ वटा कम्पनीका १ करोड २९ लाख कित्ता शेयर ५ अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ । केही दिनयता एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर सबैभन्दा धेरै किनबेच भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्