टी–२० विश्वकप : पाकिस्तानको पहिलो जित, क्यानडा ७ विकेटले पराजित

बुधबार, जेठ ३०, २०८१

दाङ : टी–२० विश्वकप किक्रेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले हराउँदै आफ्नो तेस्रो खेलमा पहिलो जित निकालेको हो ।

बंगलाचुली गाउँपालिका

यसअघि पाकिस्तान आयोजक एवम् घरेलु टोली अमेरिका र भारतसँग पराजित भएको थियो । क्यानडाको भने यो तेस्रो खेलमा दोस्रो हार हो । अमेरिकासँग पराजित भएको क्यानडाले आयरल्यान्डलाई हराएको थियो ।

न्यूयोर्कमा भएको खेलमा क्यानडाले दिएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले मात्र ३ विकेट गुमाएर भेट्टायो । पाकिस्तानका मेहम्मद रिजवानले अविजित ५३ रन बनाए । क्यानडाका डिलोन हेलिंगरले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । उसका आरोन जोन्सनले सर्वाधिक ५२ रन बनाए । पाकिस्तानका लागि मोहम्मद आमिरले २ विकेट लिए ।

समूह ‘ए’ मा भारत र अमेरिकाले समान २ खेल जित्दै समान ४ अङ्क जोडेका छन् । पाकिस्तान र क्यानडाको समान २ अङ्क छ भने आयरल्यान्ड अङ्क विहिन छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्