बागमतीसहित तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

बुधबार, जेठ ३०, २०८१
गढवा गाउँपालिका  २०८१सालकाे शुभकामना

दाङ - जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

शान्तिनगर गाउँपालिका  २०८१सालकाे शुभकामना
आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

महाशाखाका अनुसार अहिले मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

यस्तैगरी, सुदूरपश्चिम, कर्णाली लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै बाँकी भागको मैसम सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज सूर्योदय बिहान ५ बजेर ७ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजे हुनेछ ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०७:२७
प्रतिक्रिया दिनुहोस्