विश्वकप क्रिकेट : नेपाललाई तेस्रो सफलता

शुक्रबार, माघ १२, २०८०

काठमाण्डौ - आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानसँगको खेलमा टस हारेर बलिङ गरिरहेको छ ।

बंगलाचुली गाउँपालिका

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा भइरहेको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले १२ ओभरमा ६ विकेट गुमाएर ४७ रन बनाएको छ । नेपालका आकाश चन्दले पाँच विकेट लिए । यस्तै गुलसन झाले एक विकेट लिए ।

यो खेल नेपाल र अफगानिस्तान दुवैका लागि महत्त्वपूर्ण छ । समूह ‘डी’ मा रहेका दुवै टोली अङ्कविहीन छन् । यो खेल जित्ने टोली ‘सुपर सिक्स’ मा पुग्नेछ । पराजित हुने टोलीले १३ देखि १६ औँ स्थानका लागि ‘प्लेअफ’ खेल्नुपर्ने हुन्छ ।

नेपाल र अफगानिस्तान यसअघि आफ्ना दुई वटै खेलमा पराजित भएका थिए । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । यस्तै अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग एक सय ८१ रन र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्