टी–२० विश्वकप : भारतको संघर्षपूर्ण जित, पाकिस्तानको दोस्रो हार

सोमबार, जेठ २८, २०८१

दाङ - आईसिसी टी–२० विश्वकपमा भारतले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानलाई ६ रनले हराउँदै भारतले दोस्रो जित निकालेको हो ।

बंगलाचुली गाउँपालिका

भारतले दिएको १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । ४४ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे । त्यस्तै बाबर आजम, फकर जमान, उसवान खानले समान १३ रन बनाए । सादव खान चार रनमा आउट हुँदा इफ्तिखार अहमदले पाँच रन मात्र बनाउन सके ।

भारतका लागि जसप्रित बुमराहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले १४ रन खर्चिए । त्यस्तै हार्दिक पाण्डेयाले दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट लिए ।

त्यसअघि न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १९ ओभरमा अलआउट हुँदै ११९ रन बनाएका थियो ।

भारतका लागि विकेट किपर ब्याट्सम्यान ऋषव पन्तले सर्वाधिक ४२ रन बनाए । ३१ बलको सामना गरेका पन्तले सात चौका प्रहार गरेका थिए ।

त्यस्तै ओपनिङमा उत्रिएका दुवै स्टार क्रिकेटर रोहित शर्मा र विराट कोहलीको ब्याटिङ भने चल्न सकेन । कोहली केबल ४ रनमा आउट हुँदा रोहितले पनि १३ रन मात्रै जोड्न सके ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्