दाङमा श्रीमानको कराइ प्रहारबाट श्रीमतीको मृत्यु

आइतबार, जेठ २७, २०८१

दाङ - देउखुरीको गढवामा श्रीमानले तरकारी पकाउने कराइ प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका

गढवा गाउँपालिका -२, पचहिया निवासी  २६ बर्षीय रन्जित चौधरीले  २१ बर्षीया श्रीमति कमला चौधरीलाई तरकारी पकाउने कराइ गर्दा गम्भीर घाइते भएकी थिइन ।

गत जेठ २४ गते राती करिब ९ बजेतिर गम्भीर घाइते भएकी उनको बुटवलको क्रमिसन हस्पिटल बुटवलमा उपचारका क्रममा आइतबार बिहान ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो।


श्रीमान रन्जितलाई ईलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा लिएको छ । घरासयी विवादका कारण घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको गढवा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्