टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग नेदरल्याण्ड्स चार विकेटले पराजित

आइतबार, जेठ २७, २०८१

दाङ - टी–२० विश्वकपमा शनिबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई चार विकेटले पराजित गदैं दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको हो । नेदरल्याण्ड्सले दिएको १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टायो ।

बंगलाचुली गाउँपालिका

दक्षिण अफ्रिकाको जितमा डेबिट मिलरले अर्धशतक प्रहार गरे । ५१ बलको सामना गरेका मिलरले तीन चौका र चार छक्काको मदतमा ५९ रन बनाए ।

त्यस्तै ट्रिस्टन स्टब्सले ३३ रन बनाए । ३७ बलमा खेलेका उनले एक चौका र एक छक्का प्रहा गरे । दक्षिण अफ्रिकाका अन्य ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् ।

नेदरल्याण्ड्सका लागि भिभियन किङ्माले दुई विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र १२ रन खर्चिए । त्यस्तै लोगान भ्यान बेकले पनि दुई विकेट लिए । बास डे लीडेको नाममा एक विकेट रह्यो ।

त्यसअघि न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा १०३ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि साइब्रान्ड इन्जेलबेच्टले सर्वाधिक ४० रन बनाए । ४५ बलको सामना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै विक्रमजीत सिंहले १२, कप्तान स्कट एडवर्ड्सले १०, बास डे लीडेले ६ बनाए । लोगान भ्यान बेकले २३ रन बनाउदा माइकल लेविट र तेजा निदामनुरु शुन्य रनमा आउट भए ।

दक्षिण अफ्रिकाका लागि एन्रिच नोर्ते, बार्टम्यान र मार्को जेन्सेनले दुईरदुई विकेट लिए ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०५:२८
प्रतिक्रिया दिनुहोस्