ने.क.पा एमालेसँग तत्काल एकताको सम्भावना छैन : अध्यक्ष नेपाल

शनिबार, जेठ २६, २०८१

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा कोशी कमिटीले गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताउनुभयो ।

बंगलाचुली गाउँपालिका

उहाँले एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गर्नुभयो । नेपालले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्