टी-२० विश्वकपमा बंगलादेशको विजयी सुरुवात , श्रीलंकाको लगातार दोस्रो हार

शनिबार, जेठ २६, २०८१

दाङ  - टी–२० विश्वकप क्रिकेटमा बङग्लादेशले श्रीलङ्कालाई दुई विकेटले हराएको छ । श्रीलङ्काले जितका लागि दिएको एक सय २५ रनको लक्ष्य पछ्याएको बङग्लादेश १९ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो । बङग्लादेशका टोहिड हृदोयले सर्वाधिक ४० रन बनाए । लिटन दास ३६ रनमा आउट भए । श्रीलङ्काका नुआन थासराले ४ र वानिन्दु हसरंगाले २ विकेट लिए ।

बंगलाचुली गाउँपालिका

डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय २४ रन बनाएको थियो । उसका पाथुम निसांकाले सर्वाधिक ४७ रन बनाए । धनन्जय डि सिल्भाले २१ रन जोडे ।

समूह ‘डी’ मा श्रीलङ्काको यो लगातार दोस्रो हार हो । श्रीलङका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो । यही समूहमा रहेको नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

अब नेपालले श्रीलङ्कासँग बुधवार बिहान अमेरिकाको फ्लोरिडामा खेल्नेछ । टी–२० विश्वकपमा आज बेलुका नेदरल्यान्डस् र दक्षिण अफ्रिका तथा समूह ‘बी’ का अस्ट्रेलिया र इंग्ल्यान्ड खेल्दैछन् । इंग्ल्यान्ड टी–२० विश्वकपको साविक विजेता टोली हो ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्