दाङको तुलसीपुरमा सैनिक अमलदारले गरे श्रीमतिको ह-त्या

शुक्रबार, जेठ २५, २०८१

दाङ - दाङको तुलसीपुरमा एक सैनिक अमलदारले श्रीमतिलाई खुँडा प्रहार गरि हत्या गरेका छन् । ज्वाला दल गंण बारामा कार्यरत अमलदार ३६ बर्षीय सालिक राम बुढाथोकीले श्रीमति ३० बर्षीय टिका रावतलाई खुँडा प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

बंगलाचुली गाउँपालिका

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित राप्ती टोलमा गोकर्ण चन्दको घरमा भाडामा बस्दै आएका थिए । शुक्रबार विहान ९ बजेतिर श्रीमती उक्त कोठाबाट भागी छिमेकी तुलसीराम वलीको घरको पहिलो तलामा लुकेको अबस्था फेला पारी उनले खुडा प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनु भयो ।

खुडा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको उपचारकालागि राप्ती प्रादेशिक अस्पतालमा लैजादा डाक्टरले मृत घोषणा गरेका थिए । उनीहरुको घर कुपरकोट ६ पर्छ ।

साथै खुकुरी प्रहारबाटै अछाम कमल बजार नगरपालिका ४ घर भई हाल १९ नम्बर बाहिनी तुलसीपुर दाङमा २९ बर्षीय सैनिक जवान आर्यन थापा घाईते भएका छन् । उनी आफ्नै कोठामा रहेको अबस्थामा बुढाथोकीले खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । उनको बाँया काखी र घाँटीमा चोक लागेको छ । खुँडा प्रहार गर्ने बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

आर्यन र टिका बीच अबैद्य सम्बन्ध रहेका कारण खुँडा प्रहार भएको हुन सक्ने प्रहरीको अनुमान छ । बुढाथोकी शान्ति सेनाबाट फर्किएका थिए । यद्यपी यस विषयमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्