उत्तराखण्डमा खराब मौसमका कारण नौ पदयात्रीको मृत्यु

शुक्रबार, जेठ २५, २०८१

दाङ - भारतको उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएको कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको प्रतिकूल मौसमका कारण मृत्यु भएको छ ।

उत्तराखण्डको स्टेट डिजास्टर रेस्पोन्स फोर्स ९एसडिआरएफ०ले हिजो पाँच शव फेला पारेपछि घटनास्थलबाट थप चार शव फेला पारेको छ ।

एसडिआरएफले उद्धार कार्य पूरा गरेपछि शवहरूलाई हेलिकप्टरमार्फत भटवाडी ल्याइएको छ । मृतकहरू सबै कर्णाटकको बेङ्गलुरुका थिए ।

उत्तराखण्ड प्रहरीले सहस्त्रताल मार्गमा फसेका पदायात्रीहरूको खोजीका लागि उद्धार कार्य पूरा भएको बताएको छ ।

“अपरेसनमा हिजो १३ पदयात्रीको सकुशल उद्धार गरिएको छ, सुरक्षित रहेका आठ पदयात्रीलाई देहरादुन पठाइएको छ, अन्य पाँचलाई आज देहरादुन पठाइने छ”, प्रहरीले भनेको छ ।

कर्णाटकका मुख्यमन्त्री सिद्धारमैयाले पदयात्रीको निधनप्रति शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्