भारतमा एनडीए गठबन्धनले लगातार तेस्रो पटक सरकार बनाउछौं : प्रधानमन्त्री मोदी

बुधबार, जेठ २३, २०८१

दाङ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  एनडीए गठबन्धनले लगातार तेस्रो पटक सरकार बनाउने निश्चित भएको बताउनु भएको छ । लोकसभा चुनावमा भारतीय जनता पार्टी , भाजपा नेतृत्वको एनडीएले २ सय ९० को हाराहारीमा सिट ल्याउने देखिएसँगै प्रधानमन्त्री मोदीको प्रतिक्रिया आएको हो । हिजो बेलुका दिल्लीमा रहेको  कार्यालय पुगेका मोदीले एनडीएको जित भएको दाबी गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

बंगलाचुली गाउँपालिका

निर्वाचन आयोगले कुशलताका साथ विश्वको सबैभन्दा ठुलो चुनाव सम्पन्न गरेको भन्दै उहाँले धन्यवाद पनि दिनुभयो । प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा चुनावमा वाराणासीबाट विजयी हुनुभएको हो । वाराणासीबाट यो उहाँको लगातार तेस्रो जित हो । मोदीले कांग्रेस उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतले पराजित गर्नुभएको हो ।

यसैबीच, भारतको हिमाचल प्रदेशको मन्डीबाट भारतीय जनता पार्टीकी बलिउड अभिनेत्री कङ्गना रनौतले लोकसभा चुनाव जित्नुभएको छ । उहाँले कांग्रेसको प्रत्याशी विक्रमादित्य सिंहलाई हराउनुभएको हो ।

 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्