टी२० विश्वकप क्रिकेट - नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित

बुधबार, जेठ २३, २०८१

दाङ - टी२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

बंगलाचुली गाउँपालिका

फिल्डिङमा लगातार कमजोरी गर्दा र महत्वपूर्ण क्याच छोड्दा नेपालले पहिलो खेलको जीत पनि नेदरल्याण्ड्सको पोल्टामा हालिदिएको हो ।

टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले १९।२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोडेको थियो । १०७ रनको विजय लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १८।४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो ।

नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउडले अविजित सर्वाधिक ५४ रन जोडे । विक्रमजीत सिंहले २२, साइब्राण्ड ई। ले १४ र बास डी लीडीले अविजित ११ रन बनाए ।

त्यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले पाँच चौकासहित ३७ बलमा ३५ रन जोडे ।

करन केसीले २ छक्कासहित १२ बलमा १७ रन जोड्दा गुल्शन झाले १५ बलमा १ छक्कासहित १४ रन जोडे । अनिल साहले ११ रन जोड्दा बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले १र१ विकेट लिए । साभार खबर हब

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्