शेयर बजार  ६ दशमलव २२ अङ्कले बढ्यो

मंगलबार, जेठ २२, २०८१

दाङ - शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव २२ अङ्कले बढेर २ हजार ८५ दशमलव ३० विन्दुमा पुगेको छ ।

बंगलाचुली गाउँपालिका

आज हाइड्रोपावर, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार, माइक्रोफाइनान्स, बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर भने साढे ५ प्रतिशतले घटेको छ ।

आज ३ सय १५ वटा कम्पनीका ८३ लाखभन्दा धेरै कित्ता शेयर ४ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २० करोड ९२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । साभार उज्यालो अनलाइन
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्