दाङको तुलसीपुरमा एक युवकमाथि खुकुरी प्रहार

सोमबार, जेठ २१, २०८१

दाङ - दाङको तुलसीपुरमा आइतबार बेलुका एक युवकमाथि खुकुरी प्रहार भएको छ । आफ्नै साथीहरूको खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका-९ पातुखोलाका श्याने भनिने टोपबहादुर नेपाली घाइते भएका छन् ।

बंगलाचुली गाउँपालिका

उनका दुवै खुट्टामा घुँडामुनि खुकुरी प्रहार भएको छ। घाइते नेपालीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुर बजारबाट सँगै गएका साथीहरूले नेपालीलाई तुलसीपुर– १७ मानपुरमा खुकुरी प्रहार गरेका हुन् । रिसिबीका कारण खुकुरी प्रहार भएको प्रहरीको अनुमान छ ।

खुकुरी प्रहार गर्ने तुलसीपुर-९ बेलुवाका सुरज वली र सन्तोष हमाललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्