टी २० विश्वकप : वेस्ट इन्डिजको विजयी सुरुवात, पीएनजी पाँच विकेटले पराजित

सोमबार, जेठ २१, २०८१

दाङ –  आईसीसी टी–२० विश्वकप २०२४ मा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी ९पिएनजी० लाई  ५ विकेटले हराएको छ । गएराति भएको खेलमा पिएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

बंगलाचुली गाउँपालिका

वेस्ट इन्डिजका लागि रोस्टन चेजले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । पिएनजीका लागि असद भालाले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो ।  पिएनजीका लागि सेसे बाउले सर्वाधिक ५० रन बनाए । यसअघि हिजो भएको पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको थियो ।

विश्वकप अन्तर्गत आज पनि दुई वटा खेल हुदैछन् । नामिबिया र ओमानको खेल अहिले हुँदैछ । आजै राति सवा ८ बजे  दक्षिण अफ्रिका र श्रीलङ्का खेल्दैछन् । नेपालले भोलि मङ्गलवार नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०६:५९
प्रतिक्रिया दिनुहोस्