बंगलाचुलीमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु ,एकजना घाईते

आइतबार, जेठ २०, २०८१

दाङ -  दाङको बंगलाचुलीमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाईते भएका छन् ।

बंगलाचुली गाउँपालिका

जिल्लाको बंगलाचुली गाउँपालिकामा वडा नम्बर ४ मैवालेकमा आज विहान साढे नौ बजेको समयमा रा ३ प ५७९१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा बंगलाचुली गाउँपालिका वडा नम्वर ४ निवासी ३२ वर्षका खेतुलाल नेपालीको घटनास्थलमै मृत्यु भएको वडा नम्वर चारका अध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिनुभयो । दुर्घटनामापरी बंगलाचुली गाउँपालिका वडा नम्वर ३ दाङवाङ निवासी ३८ वर्षिय मोटर साईकल चालक चेतबहादुर डाँगी घाईते हुनुभएको छ । घाईते डाँगीको दायाँ खुट्टामा चोट लागेको छ ।

त्यस्तैगरी घाईते डाँगीलाई ईलाका प्रहरी कार्यालय कमिरेचौरको टोलिले उद्धार गरी राप्ति स्वास्थ्य विज्ञापन प्रतिष्ठान घोराही पठाएको वडा अध्यक्ष डाँगीले बताउनुभयो । साथै शवलाई पोस्टमार्टमका लागि सोही अस्पतालमा पठाईएको छ । साँगुरो अप्ठेरो बाटोमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । साभार चौथो अंग डट कम

  https://www.chauthoanga.com/detail/2034

 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्