आज सङ्घीय संसद्का दुवै सदनको बैठक  बस्दै

आइतबार, जेठ २०, २०८१

काठमाडौं - सङ्घीय संसद्अन्तर्गतका दुवै सदनको बैठक आइतबार बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।

प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

त्यसपछि आर्थिक वर्ष २०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०माथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

यसैगरी, राष्ट्रिय सभा बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

त्यस्तै, बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको महासचिव पाण्डेयले जानकारी दिनुभयो । साभार गोरखापत्र अनलाइन

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्