महेन्द्र मा.वि श्रीवारीमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

शनिबार, जेठ १९, २०८१

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ३ मा रहेको महेन्द्र माध्यमिक विद्यालय श्रीवारीमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका शिक्षक अभिभावक सघंका अध्यक्ष भिम बहादुर केसिको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।विद्यार्थीको शिक्षा प्राप्तिमा विद्यालयको मात्र भुमिका नभएर अभिभावको पनि महत्वपुर्ण भुमिका हुन्छ भन्ने मुख्य उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक तिलक वलीले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिका

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले विद्यार्थीहरु २४ घण्टामा ६ घण्टा मात्र विद्यालयमा रहने भएकाले अन्य बाँकी समय आफ्ना बालबालिकाहरु कस्तो काममा लागिरहेका छन त्यसमा अभिभावकले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष पुनले बंगलाचुली गाउँपालिकाले सबैभन्दा धेरै लगानी शिक्षा क्षेत्रमा गरिरहेको बताउदै आर्थिक अवस्था कमजोर भएका कारण विद्यार्थी अब उच्च शिक्षाबाट बञ्चित हुन नपर्ने बताउनुभयो ।उहाँले शिक्षक पनि आफ्नो कामप्रति जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।साथै उहाँले विद्यार्थीलाई रुचिका क्रिकलापमा सहभागि गराउन विद्यालयलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसि, वडा नम्बर ३ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शोभाराज विश्वकर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोर्ण बहादुर खत्री  लगायत विद्यालयका शिक्षक, अभिभावकहरुको उपस्थित रहेको थियो ।कार्यक्रमको प्रशिक्षक कमल सिलवाल रहनुभएको थियो । विद्यालयका प्रधानाध्यापक तिलक वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक टेक बहादुर विश्वकर्माले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्