नेपालगञ्ज उपमहानगरपालिका विद्यालयमा असार ७ गतेसम्म गर्मी बिदा

शनिबार, जेठ १९, २०८१

बाँके -अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले गर्मी बिदा थप गरेको छ । उपमहानगरपालिकाले आउँदो असार ७ गतेसम्म विद्यालयमा गर्मी बिदा बढाएको हो ।

बंगलाचुली गाउँपालिका

अत्यधिक गर्मी र तातो हावाको लहर अर्थात् ‘लू’ ले पठनपाठनमा समस्या भएपछि यसअघि गएको मङ्गलवारदेखि हिजोसम्म बिदा दिइएको थियो । भोलिदेखि असार ७ गतेसम्मका लागि बिदा थप भएको नगरपालिकाको नगर शिक्षा अधिकारी एवम् उपसचिव गोर्खबहादुर थापाले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाको क्यालेन्डरमा भने यसवर्ष जेठ २७ देखि असार १४ गतेसम्म गर्मी बिदा दिने उल्लेख थियो । यसमा हेरफेर गरि विद्यालय बन्द गरिएको छ । अब असार ९ गतेदेखि पठनपाठन नियमित हुने सूचनामा उल्लेख छ ।

nepaljung_scho-1717234039.jpg
 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्