सहमतिमा नै आर्थिक वर्ष २०८१(८२ को बजेट आउँछ मुख्यमन्त्री जम्कट्टेल

शनिबार, जेठ १९, २०८१

हेटौँडा -  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारको नीति तथा कार्यक्रमका आधारमा सहमतिअनुसार आगामी आर्थिक वर्ष २०८१(८२ को बजेट आउने बताउनुभएको छ ।

बंगलाचुली गाउँपालिका

उहाँले बागमती प्रदेशका नागरिकको ईच्छा र आकांक्षालाई समेट्नेगरी नीति तथा कार्यक्रम आएको भन्दै प्रदेशलाई समृद्ध बनाउनेगरी नीति तथा कार्यक्रम आएको दावी गर्नुभयो ।  

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारले विपक्षी दललाई बाहिर राखेर बजेट बनाउन नसक्ने बताउनुभयो ।

उहाँले सहमतीमा बजेट आउने र सबैको मागलाई समेटेर बजेट ल्याइने बताउँदै प्रतिपक्षी दललाई नसमेटी बजेट नआउने बताउनुभयो । सामाजिक क्षेत्र शिक्षा, स्वास्थ्य युवा खेलकुद, दलित, महिलाका क्षेत्रमा नीति तथा कार्यक्रममा समृद्ध ढङ्गले आएको जिकिर गर्दै मुख्यमन्त्री जम्कट्टेलले शिक्षामा सुधार गर्नु सबैको दायित्व भएको चर्चा गर्नुभयो । शिक्षामा नयाँ सोचका साथ प्रदेश सरकार अगाडि बढेको बताउँदै उहाँले थप पाँच वटा अस्पताललाई प्रादेशिक अस्पतालमा समेटिने बताउनुभयो ।

नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरु सुरजचन्द्र लामिछाने, सुरेन्द्रराज गोसाई, सिर्जना सायजु, रामकृष्ण चित्रकार, आशा लामा, श्यामबहादुर खड्का, समिता खड्गी, लक्ष्मी घिमिरे र प्रभात तामाङले संशोधन प्रस्ताव राख्नुभएको थियो ।  साभार गोरखापत्र अनलाइन

 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्