पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घट्यो

शनिबार, जेठ १९, २०८१

काठमाडौं  - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

बंगलाचुली गाउँपालिका

शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

त्यस्तैगरी अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ रहेको छ ।

सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर जोडेको छ । तर भारतबाट कम मूल्यमा आयात भएका कारण नेपाली बजारमा पनि मूल्य घटेको हो ।

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०६:१४
प्रतिक्रिया दिनुहोस्