चौथो बंगलाचुली कप उपाधि वडा नम्बर ५ ले जित्यो

चौथो बंगलाचुली कप : वडा नम्बर ५ ले वडा नम्बर ४ लाई २३ रनले पराजित गर्दै पहिलो पटक उपाधि जित्न सफल
बिहीबार, जेठ १७, २०८१

कमिरेचौर -  दाङको बंगलाचुली गाउँपालिकामा १४ गते सोमबार बाट संचालन भएको चौथो बंगलाचुली कप खेलकुद प्रतियोगिता सप्पन्न भएको छ । पुरुष क्रीकेट र महिला, पुरुष भलिबल गरि ३ विधामा संचालन भएको थियो । जसमा क्रिकेट प्रतियोगितामा वडा नम्बर ५ ले वडा नम्बर ४ लाई २३ रनले पराजित गर्दै चौथो बंगलाचुली कप पहिलो पटक उपाधि जित्न सफल भएको हो ।

बंगलाचुली गाउँपालिका


वडा नम्बर ४ ले हालसम्म  ३ संस्करणको उपाधि जितिसकेको छ । तर यो पटक भने उपविजेतामा चित्त बुझाएको छ  । क्रिकेट प्रतियोगितामा ८ वटा टिम को सहभागी थियो । ८ वटा टिमलाई  २ ग्रुपमा विभाजन गरी लिग सिस्कोटमको आधारमा खेल भएको थियो  ।

प्रतियोगिताको सम्पुर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ४ का खेलाडी क्षितिज खड्का म्यान अफ द सिरिज  र बेष्ट बलर वडा नम्बर ५ का प्रशान्त वली र वेष्ट ब्याट्सम्यान वडा नम्बर  ४ कै खेलाडी क्षितिज खड्का घोषित भएको प्रतियोगिता सञ्चालन समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष लिला बहादुर घर्तिले जानकारी दिनुभयो ।


त्यस्तैगरी पुरुष भलिबल तर्फ वडा नम्बर ६ का खेलाडी शुवास घर्ती उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो ।त्यसैगरी पुरुष भलिबलमा वडा नम्बर ५ प्रथम हुन सफल भएको छ । भने वडा नम्बर ८ द्धितिय र वडा नम्बर ६ तृतिय भएको छ । यस्तै महिला भलिबलमा वडा नम्बर ८ प्रथम , वडा नम्बर १ द्धितिय र वडा नम्बर ७ ले तृतिय स्थान हासिल गरेको छ । पुरुष र महिला भलिबलमा ७र७ वटा टिमको सहभागिता रहेको थियो ।


प्रतिययोगितमा महिला पुरुष भलिबल तर्फ प्रथम हुने टिमले २५ हजार रुपैया नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यस्तै द्धितिय र तृतिय हुने टिमले क्रमशः १५ हजार र ८ हजार रुपैया नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन  । यस्तै क्रिकेट खेलमा विजेता हुने टिमले २५ हजार नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने उपबिजेता हुने टिमले १५ हजार नगद पुरस्कार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

 सबै खेल बंगलाचुली ४ जुम्लेपानीमा रहेको गढिलेख खेल मैदानमा भएको थियो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको अध्यक्षतामा प्रतियोगिताको पुरस्कार वितरण सहित समापन गरिएको हो । समापन कार्यक्रमलाई  सम्बोधन गर्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले राष्ट्रका लागि खेलकुद,स्वास्थका लागि खेलकुद“ भन्ने मूल नारालाई आत्मसात गर्दै बंगलाचुली गाउँपालिकाले हरेक बर्ष यस्ता खालका खेलकुद प्रतियोगिता आयोजना गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिले खेलमा हारजित हुने भन्दै उपाधि जित्ने टिमलाई बधाई दिदै पराजित हुने टिमलाई आगामी दिनमा सफलताको शुभकामना दिनुभयो । साथै सम्पुर्ण खेलाडीलाई अगाडी बढ्नको लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी, शिक्षा शाखा प्रमुख ओम प्रकाश केसि, वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नम्बर ४ का अध्यक्ष डास बहादुर डाँगी, वडा ६ का अध्यक्ष डोम बहादुर केसि, वडा नम्बर ८ का अध्यक्ष झविन्द्र बहादुर गाहा लगायत गाउँपालिकाका कर्मचारीहरुको उपस्थित रहेको थियो।

कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालका वडा नम्बर ५ का अध्यक्ष तथा खेल सञ्चालन समितिका संयोजक लिला बहादुर घर्तीले गर्नुभएको थियो ।

 


 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्