दाङको चिसापानीमा बस दुर्घटना हुदाँ २३ जना घाइते

बुधबार, जेठ १६, २०८१

दाङ - दाङको कोइलाबासदेखि लमही तर्फ जाँदै गरेको रा १ ख ८३३ बस चिसापानी नजिकै ब्रेकफेल हुदाँ दुर्घटनामा परेको छ । दुर्घटनामा परी बसमा सवार यात्रुहरू केही सामान्य घाइते हुनुभएको छ ।

बंगलाचुली गाउँपालिका

बसमा सवार यात्रुहरू प्रायः स्वर्गद्वारी दर्शनको लागि गन्तव्यमा हिडेका थिए घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालिका कार्कीले जानकारी दिनुभयो ।अहिले गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष खालिक सिद्दिकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्मका गुल्मपति अर्जुन पौडेल, इलाका प्रहरी कार्यालय कोइलाबासका प्रहरी प्रमुख कुमार केसीले घाइतेहरूको उद्दार गरि उपचारको लागि लमही अस्पतालमा पुग्नु भएको छ I  साभार : ई - कापी न्यूज

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्