सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्णपाठ)

आर्थिक वर्ष २०८१र०८२ को १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक
मंगलबार, जेठ १५, २०८१

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदको बैठकमा मङ्गलबार आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गर्दै सो बजेट  प्रस्तुत गर्नुभएको हो ।

बंगलाचुली गाउँपालिका

व्ययमध्ये सबैभन्दा बढी चालुतर्फ छुट्याइएको छ । चालूतर्फ कुल विनियोजन बजेटको ६१.३१ प्रतिशत अर्थात् ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन गरिएको छ ।
पुँजीगततर्फ कुल विनियोजन रकमको १८.९७ प्रतिशत अर्थात् तीन खर्ब ५२ अर्ब  ३५ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताउनुभयो ।

वित्तीयतर्फ कुल विनियोजन बजेटको १९.७४ प्रतिशत अर्थात् तीन खर्ब ६७ अर्ब १८ करोड बजेट विनियोजन गरिएको छ । यो अनुमान चालू आर्थिक वर्षको विनियोजन रकमको तुलनामा ६।२ प्रतिशतले बढी हो भने संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो । साभार गोरखापत्र अनलाइन  

बजेट पूर्णपाठ

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्