बंगलाचुलीमा भोलिदेखि सुरु हुने बंगलाचुली कपको तयारी पुरा

आइतबार, जेठ १३, २०८१

 दाङ - दाङको बंगलाचुली गाउँपालिकामा भोलि १४ गते देखि सुरु हुने बंगलाचुली कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । बंगलाचुली गाउँपालिकाको आयोजनामा सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको खेल सञ्चालन समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष लिला बहादुर घर्तिले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन भोलि बिहान ११ बजे लुम्बिनी प्रदेश सभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा हुने संयोजक घर्तिले बताउनुभयो । प्रतियोगिता अन्तरगत महिला पुरुष भलिबल र पुरुष क्रिकेट खेल रहेका छन । भलिबल तर्फ महिलाको ७ वटा र पुरुषको पनि ७ वटा टिम दर्ता भएका छन भने क्रिकेट तर्फ ८ वटा टिम दर्ता भएका छन ।दर्ता भएका टिमलाई २ वटा समुहमा बिभाजन गरिएको छ । जसअन्तर्गत क्रिकेट तर्फ ग्रुप ए मा वडा नम्बर ४, ५,७ र ८ रहेका छन । यस्तै ग्रुप बि मा वडा नम्बर १,२,३ र ६ रहेका छन। भलिबल पुरुष तर्फ ग्रुप ए मा वडा नम्बर १, ५, ६ र ७ रहेका छन । यस्तै ग्रुप बि मा वडा नम्बर २, ३ र ८ रहेका छन । महिला भलिबल तर्फ ग्रुप ए मा वडा नम्बर ३, ५,६ र ७ रहेका छन भने ग्रुप बि मा वडा नम्बर १,४ र ८ रहेका छन ।

बंगलाचुली गाउँपालिका

उद्घाटन खेलमा क्रिकेट तर्फ वडा नम्बर ४ र वडा नम्बर ७ बिचको खेल हुनेछ । यस्तै भलिबल पुरुषतर्फ वडा नम्बर १ र ५ बिच खेल हुनेछ भने महिला भलिबल तर्फ वडा नम्बर ६ र वडा नम्बर ७ विच खेल हुनेछ ।

प्रतिययोगितमा महिला पुरुष भलिबल तर्फ प्रथम हुने टिमले २५ हजार रुपैया नगद पुरस्कार सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन ।  यस्तै द्धितिय र तृतिय हुने टिमले क्रमशः १५ हजार र ८ हजार रुपैया नगद पुरस्कार सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन । यस्तै क्रिकेट खेलमा विजेता हुने टिमले २५ हजार नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन ।भने उपबिजेता हुने टिमले १५ हजार नगद पुरस्कार सिल्ड, मेडल र प्रमाणपत्र पाउने बंगलाचुली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ओम केसिले जानकारी दिनुभयो । सबै खेल बंगलाचुली ४ जुम्लेपानीमा रहेको गढिलेख खेल मैदानमा हुनेछ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्