लेनडाँडा सुरुङमार्ग छिचोलियो

शनिबार, जेठ ५, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं - काठमाडौँ–तराईरमधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता गौरवकुमार केसीका अनुसार द्रुतमार्ग आयोजना अन्तर्गत प्याकेज नम्बर–२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग शुक्रबार छिचोलिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

उहाँले निर्माणाधीन लेनडाँडा जोडी सुरुङ ९ट्वीन ट्युब टनेल० मध्ये काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्ग छिचोलिएको बताउनुभयो । छिचोलिएको सुरुङमार्गको लम्बाइ एक हजार ६३३ मिटर छ ।

उहाँले निर्माणाधीन तीन वटा सुरुङमार्गको सुरुङ खन्ने काम ७८ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले लेनडाँडा सुरुङमार्गको दुवैतर्फको सुरुङ छिचोलिने योजना रहेको बताउनुभयो ।

नेपाली सेनाका अनुसार तीन हजार ३५५ मिटरको महादेवटार सुरुङमार्गको दुई हजार १५८ मिटर खनिसकिएको जनाएको छ । तीन वटा सुरुङको कुल लम्बाइ ६।४१५ किलोमिटरमध्ये अब १।५२९ किलोमिटर मात्र खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्