लुम्बिनी प्रदेशबाट झक्कुप्रसाद सुबेदी र बिष्णुकुमारी सापकोटा निर्वाचित

राष्ट्रिय सभा सदस्य निर्वाचन
बिहीबार, माघ ११, २०८०

दाङ - लुम्बिनी प्रदेशको दुई पदमा  भएको राष्ट्रिय सभा सदस्यमा रोल्पाका झक्कुप्रसाद सुबेदी र गुल्मीका बिष्णुकुमारी सापकोटा निर्वाचित हुनुभएको छ । अन्य समुहमाबाट रोल्पा सुनिलस्मृती गाउँपालिका ६ निवासी सुवेदी  र महिलाको तर्फबाट गुल्मी  मुसिकोट नगरपालिका ७ निवासी सापकोटा निर्वाचित हुन भएको हो । सत्ता गठबन्धन  सुवेदी माओवादी केन्द्र र सापकोटा नेपाली काङ्ग्रेसकोको तर्फबाट निर्वाचित भएका हुन  ।  सुबेदीले कुल  ५ हजार ४ सय ३५  र  सापकोटाले पनि   ५ हजार ४ सय ३५   मतभार प्राप्त गरि बिजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो। यस्तै नेकपा एमाले  तर्फबाट पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले ३ हजार ११ मतभार प्राप्त गर्नुभएको छ । भने एमालेको  तर्फबाट  दाङकी तुलसाकुमारी केसी २८सय ६७  मतभार प्राप्त गरेको पाण्डेको भनाइ छ । सुवेदी र सापकोटा २ हजार ४ सय २४ मतान्तरले बिजयी हुनु भएको थियो ।

बंगलाचुली गाउँपालिका

राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशका ८७ जना सांसद सबैले मतदान गरेका   थिए । यस्तै  १०९ स्थानिय तहका २१८ मध्य २१६ जना मात्रै मतदान प्रकृयामा सहभागी जनाएका हुन ।

९जसपा० का बाँके नरैनापुर गाउँपालिका उपाध्यक्ष जयान्तीदेवी श्रीवास्तवले  मतदान गर्ने दिन भुलेको  र  (लोसपा) का  रुपन्देही मायादेवी गाउँपालिका  उपाध्यक्ष  नर्वदादेवी उपाध्याय बिरामी पर्दा मतदान प्रकृयामा सहभागी नभएको  निर्वाचन अधिकृत  पाण्डेकोले जानकारी दिनु भयो।।
 
प्रदेश सभा सदस्यको कुल मतभार संख्या ४ हजार ६ सय ११ र स्थानीय तहको मतभार ४ हजार १ सय ४२ रहेको छ । प्रदेशको मतभार संख्या ५३ र स्थानीय तहको मतभार संख्या १९ रहेको  लुम्बिनी प्रदेश निर्वाचन अधिकारी लक्ष्मीदत्त कलौनीले जानकारी दिनुभयो । प्रदेश सभा सदस्य ८७ र २१८ जना स्थानीय तहका प्रमुख उपप्रमुख गरी लुम्बिनी प्रदेशमा कुल ३०५ मतदाता रहेका रहेका छन् । यस मध्य २ जना अनुपस्थित थिए ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्