सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ : तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका योजना ल्याएको छ । उपमहानगर प्रमुख टिकाराम खड्का अनुसार उपमहानगर भित्रका विद्यालयका प्रधानाध्यापक सँग शैक्षिक गुणस्तर बढाउन करार सम्झौता गरिने छ । त्यससैगरी शिक्षकले प्रधानाध्यापक सँग करार सम्झौता गर्नुपर्ने छ ।
सामुदायिक विद्यालयको स्तर खस्कीदै गएपछि शिक्षकलाई जिम्मेवार बनाउन करार सम्झौत गर्न लागिएको हो । ‘सामुदायिक विद्यालयको स्तर खस्कीदो क्रममा छ ।’ उपमहानगर प्रमुख खड्काले भन्नुभयो,‘त्यसलाई सुधार्न करार सम्झौता गर्न लागेका हौँ ।’ सम्झौतामा शिक्षाको गुणस्तर सुधार्ने प्रतिवद्धता उल्लेख गरिने छ ।
राम्रो नतिजा ल्याउने विद्यालयलाई प्रोत्सहान गर्न सेवासुबिधा थप गरिने उपमहानगरले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकामा ८३ वटा सामुदायिक विद्यालय छन् ।