शेयर बजार स्थिर रह्यो ३ वटा कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

बिहीबार, जेठ ३, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौँ - आज बिहिबार शेयर बजार  स्थिर रहेको छ  । शेयर बजार परिसूचक नेप्से  शून्य दशमलव ७९ अङ्कले बढेर दुई हजार १८ दशमलव ७६ विन्दुमा पुगेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

आज बिहिबार माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार खासै घटबढ नभएको दिन हिमालयन लघुवित्त, जालपा लघुवित्त र सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज मान्डु हाइड्रोपावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

 त्यस्तैगरी  तीन सय १५ वटा कम्पनीको ८२ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४३ करोड रुपैयाँ बराबरको शेयर खरिदरबिक्री भयो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्