सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत प्राप्त

बिहीबार, जेठ ३, २०८१

काठमाडौँ - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । बिहीबार प्रदेशसभामा विश्वासको मतका लागि उहाँले पेस गर्नुभएको प्रस्तावको पक्षमा २८ र विपक्षमा शून्य मत विभाजन भएकाले मुख्यमन्त्रीले प्रदेश सभाबाट बहुमत प्राप्त गरेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिका

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमत प्राप्तिका लागि २७ जनाको समर्थन आवश्यक पर्दछ । मतदानमा २८ जना प्रदेश सभा सदस्यले सहभागिता जनाउनुभएको थियो । विपक्ष र तटस्थमा शून्य मत परेको सभामुख भण्डारीले जानकारी दिनुभयो ।

नेकपा ९एकीकृत समाजवादी० पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँ नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, नागरिक उन्मुक्ति पार्टीका दुई जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।

मुख्यमन्त्री नियुक्तिको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका पाँच जना सदस्यले विरोध जनाउनुभएको थियो । विरोधको बाबजुद मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि सदनमा प्रस्ताव पेस गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्