बंगलाचुली कप खेलकुद प्रतियोगिता जेठ १४ गतेदेखि हुदै

बुधबार, जेठ २, २०८१

दाङ - दाङको बंगलाचुलीमा बंगलाचुली कप खेलकुद प्रतियोगिता हुने भएको छ ।बंगलाचुली गाउँपालिकाको आर्थिक बर्ष २०८०र०१ को बार्षक कार्यक्रम अनुसार बंगलाचुली गाउँपालिकाको आयोजनामा यहि जेठ १४ गते देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिता अन्तर्गत महिला तथा पुरुष भलिबल र पुरुष तर्फ क्रिकेट प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद आचार्यद्वारा जारी सुचनामा उल्लेख गरिएको छ । प्रतियोगितामा बंगलाचुली गाउँपलिका भित्र रहेका प्रत्येक वडा वडा विच प्रतिस्पर्धा हुनेछ ।  

बंगलाचुली गाउँपालिका

वडाबाट टिम दर्ता गर्दा खेलाडी सम्बन्धित वडाको हुनुपर्ने बताइएको छ । प्रतिययोगितमा महिला पुरुष भलिबल तर्फ प्रथम हुने टिमले २५ हजार रुपैया नगद पुरस्कार सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन ।  यस्तैगरी द्धितिय र तृतिय हुने टिमले क्रमशः १५ हजार र ८ हजार रुपैया नगद पुरस्कार सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन । यस्तै क्रिकेट खेलमा विजेता हुने टिमले २५ हजार नगद पुरस्कार सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन ।भने उपबिजेता हुने टिमले १५ हजार नगद पुरस्कार सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन । टिम दर्ता गर्न इच्छुक वडाले यहि जेठ ११ गते बेलुका ३ बजेसम्म गर्न सकिने प्रतियोगिताका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष लिला बहादुर घर्तिले जानकारी दिनुयो ।खेलको टाइसेट यहि जेठ १३ गते बिहान हुनेछ ।सबै खेल बंगलाचुली ४ जुम्लेपानीमा रहेको गढिलेख खेल मैदानमा हुनेछ ।

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्