सुदूरपश्चिम प्रदेशमा केही समयपछि मतगणना सुरु हुँदै

बिहीबार, माघ ११, २०८०

धनगढी - सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागि आज भएको निर्वाचनमा मतदान सकिएको छ। अपराह्न ४ बजेबाट मतगणना हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिनुभयो।

बंगलाचुली गाउँपालिका

सुदूरपश्चिम प्रदेशमा २२८ मतदाता रहेकोमा तीन जनाले मतदान नगरेको उहाँको भनाइ छ। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, भजनी नगरपालिकाका उपप्रमुख राजुदेवी तिरुवाले निर्वाचनमा सहभागिता जनाउनुभएन। 

यसैगरी, मतदाता नामावली सार्वजनिकपछि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको थियो। हरिराम चौधरी, इन्दु कडरिया र महेशकुमार महराको पदावधि आगामी फागुनमा सकिन लागेकाले रिक्त हुने पद्का लागि निर्वाचन भएको हो। 

सुदूरपश्चिममा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट नारायणदत्त भट्ट (कैलाली), बलदेव बोहरा (कञ्चनपुर) र नेकपा (माओवादी केन्द्र) का रेणु चन्द (बैतडी) उम्मेदवार हुनुहुन्छ।  यसैगरी, नेकपा(एमाले) कैलालीका रामचन्द्र जोशी, सावित्री घिमिरे र कञ्चनपुरका ईश्वरीप्रसाद खरेल चुनावी मैदानमा उत्रिनु भएको छ।  

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्