उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र स्विडेनका राजदूत जन थेलेफबिच भेटवार्ता

बुधबार, जेठ २, २०८१

काठमाडौँ - उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्विडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज बुधबारभएको भेटमा उहाँहरूबिच द्विपक्षीय हित, ऊर्जा, विपद् व्यवस्थापन, भूमि व्यवस्थापन, नागरिक उड्डयन, सुरक्षा व्यवस्थापन, युवाको सीप विकास तथा स्वरोजगारलगायतका विषयमा आपसी सहकार्यका विषयमा छलफल भएको गृहमन्त्री लामिछानेको सचिवालयले जानकारी दिएको छ ।

बंगलाचुली गाउँपालिका

त्यसक्रममा राजदूत थेलेफले नेपाल र स्विडेनको ऐतिहासिक सम्बन्धका आधारमा आपसीहित, द्विपक्षीय सहयोग र नेपालको विकास प्राथमिकताका क्षेत्रमा सहकार्य गर्न स्विडेन सधैँ तयार रहेको बताउनुभयो । उहाँले मन्त्री लामिछानेलाई बधाईसहित सफल कार्यकालको शुभकामनासमेत दिनुभएको सचिवालयले जनाएको छ । यस्तै, उपप्रधानमन्त्री लामिछानेले दुई देशबिचको सम्बन्धलाई थप सुदृढ गर्न र साझा विषयमा थप सहकार्य गर्न नेपाल तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्