दाङको बबई नदीमा दाजुभाइको मृत्यु

बुधबार, जेठ २, २०८१

दाङ - दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बबईमा पौडी खेल्ने क्रममा मंगलबार बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दुई दाजुभाइको मृत्यु भएको हो ।

बंगलाचुली गाउँपालिका

भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताउनु भयो ।

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारतमा बस्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्