कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत प्राप्त

सोमबार, वैशाख ३१, २०८१

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सभाबाट विश्वासको मत लिनुभएको छ । आज बसेको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत प्राप्त गर्नुभयो ।

बंगलाचुली गाउँपालिका

उहाँको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेश सभामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो । आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित हुनुहुन्थ्यो । कार्की तेस्रो पटक प्रदेश सरकारमा मुख्यमन्त्री बन्नुभएको हो ।

यसअघि विश्वासको प्रस्तावमाथि भएको छलफलमा नेकपा (एमाले)का प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगुले विश्वासको प्रस्तावको पक्षमा मन्तव्य राख्नुभएको थियो । यसैगरी राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दल प्रतिपक्षमा बस्ने र मतदानमा तटस्थ बस्ने जनाउनुभएको थियो ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्