शेयर बजार दोहोरो अङ्कले बढ्यो, तीन अर्ब ४० करोड रुपैयाँमा कारोबार

सोमबार, वैशाख ३१, २०८१

काठमाडौँ  - हप्ताको दोस्रो दिन  आमबार आज शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ३९ अङ्कले बढेर एक हजार नौ सय ९८ दशमलव ८९ विन्दुमा पुगेको छ ।

बंगलाचुली गाउँपालिका

आज फाइनान्स, होटल, उत्पादन, निर्जीवन र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा, बैंकिङ, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज नारायणी विकास बैंक, समाज लघुवित्त र मान्डु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । दोहोरो अङ्कले बजार बढेको दिन सीवाईसी नेपाल लघुवित्त कम्पनीको शेयर भने साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज तीन सय २० वटा कम्पनीका ९५ लाख ४१ हजार कित्ता शेयर तीन अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेड ९प्रोमोटर० को ३० करोड रुपैयाँ बराबरको शेयर खरिदरबिक्री भयो ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्