बंगलाचुलीमा ७ दिने पत्रकारिता, क्षमता विकास तथा मिडिया व्यवस्थापन सम्बन्धि तालिम सुरु

शनिबार, वैशाख २९, २०८१

 दाङ - दाङको बंगलाचुली गाउँपालिकामा ७ दिने पत्रकारिता, क्षमता विकास तथा मिडिया व्यवस्थापन सम्बन्धि  तालिम हिजो  शुक्रबार दिन देखि कमिरेचौरमा सुरु भएको छ । बंगलाचुली गाउँपालिकाको आर्थिक सहयोग तथा बंगलाचुली गाउँपालिकाद्वारा सञ्चालित रेडियो बंगलाचुलीको आयोजनामा तालिम सुरु भएको छ ।

बंगलाचुली गाउँपालिका

रेडियो बंगलाचुलीका स्टेशन म्यानेज जीवन नेपालीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । तालिममा बंगलाचुलि गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसि, नेपाल पत्रकार महासंघ दाङ शाखम अध्यक्ष दुर्गालाल केसि, नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष तथा सल्लाहकार डाक्टर सुदिप गौतम, बंगलाचुली गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शोभाराज विश्वकर्मा, वडा नम्बर ४ का अध्यक्ष डास बहादुर डाँगी, गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद आचार्य, प्रशासन शाखा प्रमुख गोपाल केसि, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका महासचिव भुपेन्द्र प्रकाश वली, जनपत्रकार संगठन दाङका उपाध्यक्ष जंग रेउले, प्रेस चौतारी नेपाल बंगलाचुलीका अध्यक्ष शुसिल परियार , नेपाल प्रेस युनियन दाङका जिल्ला सदस्य हिमाल महरा र अपाङ्ग मानव अधिकार मञ्च दाङका अध्यक्ष जिवि चिन्तन लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले समाज रुपान्तरणमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भुमिका रहने बताउनुभएको थियो । साथै उहाँले गाउँपालिकाले सञ्चार क्षेत्रको विकासमा बंगलाचुली गाउँपालिकाले संचार क्षेत्रमा लगानी गरिरहेको बताउनुभयो । उहाँले तालिमबाट धेरै कुरा सिक्ने अवसर भएकाले तालिममा सहभागिहरुलाई फाइदा लिन आग्रह गर्नुभयो ।

यस्तैगरी बंगलाचुली गाउँपलिका उपाध्यक्ष भक्त बहादुर जिसिले पत्रकारहरुले एउटै विधामा मात्र नभई विभिन्न विधामा कलम चलाउनुपर्ने बताउनुभयो । साथै उहाँले तालिमबाट विज्ञहरुबाट धेरै कुरा सकेर सक्षम भएर निस्कन सहभागिहरुलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसिले बंगलाचुली गाउँपालिकाले तालिमको आयोजना गरि पत्रकारिताको विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभएको थियो।

तालिममा बंगलाचुली गाउँपालिकाको ८ वटै वडाका गरि करिब ३० जनाको सहभागिता रहेको छ । तालिमको पहिलो दिन प्रशिक्षकमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसि रहनुभएको थियो । रेडियो बंगलाचुलीका कार्यक्रम संयोजक भुपेन्द्र प्रकाश वलीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन सत्रको सहजिकरण मधुसूदन गिरीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्