सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ : आज साताको दोस्रो दिन सोमबार शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६२ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७५ विन्दुमा झरेको छ ।
आज विकास बैंक बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज बोटलर्स नेपाल तराईको शेयर नौ प्रतिशतले बढेको छ ।
आज ६९ लाख ७८ हजार कित्ता शेयर दुई अर्ब ८९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्सको ३१ करोड ९८ लाख रुपैयाँको शेयर खरिदरबिक्री भएको छ ।