इलाम क्षेत्र नं. २मा एमालेका सुहाङ नेम्वाङ विजयी

एमाले:२७७७२, कांग्रेस: २१९४२, मुढा: ११४५७, घण्टी: ५०५०
मंगलबार, वैशाख १८, २०८१

काठमाडौं :  इलाम क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी हुनु भएको छ ।

बंगलाचुली गाउँपालिका

२७ हजार ७७२ मत पाएका एमालेका नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई फराकिलो मतान्तरले हराउनु भएको हो ।

खड्काले २१ हजार ९४२ मत पाउनु भएको छ।

तेस्रो स्थानमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसि‌ंह थेगिमले ११ हजार ४५७ मत पाउनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मत पाएर चौथो स्थानमा पाउनु भएको छ ।

उपनिर्वाचनको परिणामसँगै अब प्रतिनिधिसभामा युवा नेता सुहाङले प्रवेश हुने भएको छ ।

संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ मा बैशाख १५ गते उपनिर्वाचन भएको थियो । इलाममा जनताले नेम्वाङका छोरालाई निर्वाचित गरेर पठाएका छन् ।

यसअघि एमालेसँग ११४ मतले पराजित भएको नेपाली कांग्रेसले इलामबाट पर्याप्त भोट बटुल्न सकेन ।

तर, विगतमा कम प्रभाव रहे पनि पहिचानवादीले यसपटक सम्मानजनक मत पाएका छन् ।

मिसन ८४ अभियानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने इलाममा चौथो स्थानमा चित्त बुझाउनुपरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्