शेयर बजार शून्य दशमलव १५ अङ्कले बढ्यो

बुधबार, वैशाख १२, २०८१

काठमाडौं - शेयर बजार आज खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर एक हजार नौ सय ६९ दशमलव १७ विन्दुमा पुगेको छ ।

बंगलाचुली गाउँपालिका

आज बैंकिङ, फाइनान्स, उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज पोखरा फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सामान्य बजार बढेको दिन माई खोला हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज तीन सय १३ वटा कम्पनीको ७२ लाख ८४ हजार कित्ता शेयर दुई अर्ब ५३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको ६३ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्