सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

बुधबार, वैशाख १२, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे
आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

काठमाडौँ : सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बनसम्बन्धी निर्णय फुकुवा गरेको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतको उत्प्रेषणको आदेशद्वारा बदर गरिएसँगै सदस्य गुरुङको निलम्बन फुकुवा भएको हो ।
     
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम विशेष अदालतमा मुद्दा दायर गरिएकोपछि निलम्बनमा पर्नुभएका सांसद गुरुङ् सर्वोच्च अदालतको आदेशसँगै फुकुवा हुनुभएको हो । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ् २०७९ पुस १२ गतेदेखि निलम्बनमा पर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्