सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ - दैलेखको पञ्चकोशीमा पेट्रोलियम पदार्थ उत्खननका लागि भइरहेको प्रगतिबारे चिनियाँ पक्षले उद्योग, वातावरण तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई आज जानकारी गराएको छ ।
पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितका अनुसार चिनियाँ सरकारको ‘जिओलोजिकल सर्वे कम्पनी’का परियोजना प्रमुख डा याङ पिङले कामका प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी गराउनुभएको हो । सो टोलीले अन्तिम चरणको ‘ड्रिलिङ’ कार्य सुरु गर्ने जानकारी गराएको छ ।
सो टोलीले सन् २०१९ देखि हालसम्मका कामका बारेमा जानकारी गराउँदै दैलेखमा पेट्रोलियम पदार्थको सम्भावना उच्च रहेको जनाएको छ । त्यसको पुष्टि हुने परिमाण र गुणस्तरबारे जानकारी प्राप्त हुन बाँकी रहेको अन्वेषण परियोजना प्रमुख नापितले बताउनुभयो ।
मन्त्री भण्डारीलाई जानकारी गराउने टोलीमा चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीका सर्वेक्षण उपमहानिर्देशक डा मुको नेतृत्व सहितको विज्ञ समूह सहभागी थिए । जानकारी लिइसकेपछि मन्त्री भण्डारीले चिनियाँ सरकारको सहयोगको सराहना गर्दै आगामी दिनमा नेपालमा यस्ता क्षेत्रमा लगानी बढ्नेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले दैलेखको पेट्रोलियम पदार्थ उत्खननका लागि भइरहेको प्रगति अत्यन्त उत्साहजन रहेको जानकारीले सरकारलाई उत्साहित बनाएको प्रतिक्रिया दिनुभयो । साथै उहाँले सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।