कमेडी च्याम्पियनको तेस्रो सिजन फागुन ३ गते प्रसारण हुने

बिहीबार, माघ ११, २०८०

काठमाडौं :  टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ को प्रसारण फागुन ३ गतेदेखि हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले यसबारे जानकारी दिनु भएको छ ।

बंगलाचुली गाउँपालिका

अडिसनबाट ३० जना प्रतिस्पर्धी छानिएको जनाइएको छ । कुल ३३ एपिसोडको यो शो कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । विशाल भण्डारीले निर्देशन गर्ने शोलाई थ्री प्रोडक्सनले निर्माण गर्न लागेको हो ।


त्यस्तैगरी केकी अधिकारी, रीमा विश्वकर्मा र विशाल भण्डारी निर्माताको रुपमा छन् । अघिल्ला दुई सिजन जस्तै तेस्रोमा पनि होस्ट, जज र संरचनामा परिवर्तन छैन । जजको रुपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्माले निरन्तरता पाउनु भएको छ ।

रीमा र मेक्सम गौडेल होस्टको रुपमा हुनेछन् । पत्रकार सम्मेलनमा कान्तिपुर टिभीका सुरज सिंह ठकुरीले टेलिभिजनमा सेन्सरसिपको विषयमा बोल्नु भएको थियो । कसैलाई आक्षेप लाग्ने खालका कमेडीलाई सेन्सर गरिने उहाँले बताउनु भयो ।

यो शो हरेक साता बिहीबार र शुक्रबार राति ९ देखि साढे १० बजेसम्म प्रसारण हुने जनाइएको छ । सिजन १ को विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजनका विजेता भरतमणि पौडेल हुन् ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्